काठमाडौं । ज्योति विकास बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा २४.४० प्रतिशत घटेर १५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेर १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेर १ अर्ब ९२ करोड २७ लाख रुपैयाँ, सञ्चालन नाफा २३.३१ प्रतिशत घटेर २२ करोड ७ लाख रुपैयाँ, नेट फि एण्ड कमिसन आम्दानी ५ प्रतिशत घटेर १४ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ, जगेडा कोष ८.४५ प्रतिशत बढेर १ अर्ब ५० करोड ३३ लाख रुपैयाँ, निक्षेप संकलन ३.४९ प्रतिशत बढेर ६३ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ र कर्जा लगानी ०.४६ प्रतिशत घटेर ५० अर्ब ७३ करोड १३ लाख रुपैयाँ गरेको छ । बैंकको वितरणयोग्य नाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.५९ रुपैयाँ घटेर ४.६२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.२० रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) २७.७५ प्रतिशत बढेर ४.९७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.८९ प्रतिशत एनपीएल थियो । बैंकको गआधार दर गत वर्ष १२.६६ पतिशत रहेकोमा ९.९८ प्रतिशतमा झरेको छ भने कर्जा निक्षेप अनुपात ८३.२९ प्रतिशत छ ।