सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैन : प्रमुख सचेतक बर्तौला

<p>काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उनले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए । उनले कुल [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उनले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए ।

उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । राजनीतिक नेतृत्वहरु पनि गलत कुराको अनुयायी बन्न नहुने बताए ।विश्वका धेरै देशहरुले पूर्ण प्रतिवन्ध गरेर अघि बढेको भन्दै उनले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने जानकारी दिए ।

‘ठिक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठिक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । भेवका बारेमा हाम्रो समाज अभ्यस्त छैन । सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन । यो विषयलाई समाज, राजनीतिक पार्टीहरुको विषय बनाउनुपर्छ, संसद र सरकारको विषय बनाउनुपर्छ । सबै ठाउँको साझा विषय बनेपछि साझा प्रतिवद्धता आउँछ । सिंगो देशको प्रतिवद्धता भएन भने प्रभावकारी ढंगबाट कार्यान्वयनमा जान सक्दैनौँ’, उनले भने ।

प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिवद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुने बताए ।

Share News