सबैभन्दा बढी कर तिर्ने मनकामना केबलकार सम्मानित

<p>काठमाडौं । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली सम्मानित भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उक्त केबलकारलाई सम्मान गरेको हो । महासंघले आफ्नो ५८औं वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शनलाई सम्मानित गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली सम्मानित भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उक्त केबलकारलाई सम्मान गरेको हो ।

महासंघले आफ्नो ५८औं वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शनलाई सम्मानित गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबलकार सेवा सञ्चालन गरिरहेको छ ।

साथै, मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याइरहेको छ ।

Share News