काँग्रेसले सहकारी प्रकरणलाई राजनीतिक कुण्ठाको विषय बनाउन मिल्दैन : मनिष झा

<p>काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । उनले सहकारीलगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गरे । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र [&hellip;]</p>

 

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।

उनले सहकारीलगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गरे । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराए ।

उनले आफ्नो पार्टीको सुशासनमाथिको प्रतिवद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताए । सांसद झाले देशलाई यही व्यवस्था भित्र सुशासनको माध्यामबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दाबी समेत गरे ।

‘सुशासन नपाएर यो देशमा समस्या भएको हो । र ती सबै चिजको समाधानका लागि गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बनेको हो ।  किनकी हाम्रो दलको सृजना र स्थापनाको आधार नै त्यही हो ।  सरकारमा हामी संलग्न भएपनि, नभएपनि यो देशमा भ्रष्टाचारीलाई, बलात्कारीलाई सजाय दिनुपर्छ । कृपया, त्यो नहटाईदिनुस भनेर सरकारलाई भन्यौं । हामीले यहाँ बोल्यौं २०४७ पछिको सबै छानविन गरौं भनेर । ल आउनुस् अब हामी एक ठाउँमा आईपुगेका छौं । २०४७ पछिको सबै फाईल खोलौं’, उनले भने ।

सांसद झाले भ्रष्टाचारको अन्त्यको अभियानमा सबै दलहरु एक हुनुपर्नेमा पनि जोड दिए ।

Share News