सांसद विकास पूर्वाधार कार्यक्रम कहाँ गयो : सांसद पाण्डे

<p>काठमाडौं । सांसद राजेन्द्र पाण्डेले सांसद चालु आर्थिक वर्षमा चालु आर्थिक वर्षमा सांसद विकास कार्यक्रमका निम्ति छुट्याएको कार्यक्रम कहाँ गयो भनेर प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै पाण्डेले बजेटमा भएका सबै कार्यक्र लागू हुने तर, सांसद विकास पूर्वाधार कार्यक्रम लागू नभएको बताए । ‘सांसद विकास पूर्वाधार कार्यक्रम कहाँ हरायो, नौ महिना भयो [&hellip;]</p>

काठमाडौं । सांसद राजेन्द्र पाण्डेले सांसद चालु आर्थिक वर्षमा चालु आर्थिक वर्षमा सांसद विकास कार्यक्रमका निम्ति छुट्याएको कार्यक्रम कहाँ गयो भनेर प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै पाण्डेले बजेटमा भएका सबै कार्यक्र लागू हुने तर, सांसद विकास पूर्वाधार कार्यक्रम लागू नभएको बताए ।

‘सांसद विकास पूर्वाधार कार्यक्रम कहाँ हरायो, नौ महिना भयो आजसम्म त्यो कार्यक्रम आउन सकेन’, सांसद पाण्डेले भने, ‘बाहिर–बाहिर सुने मैले त्यो कार्यक्रम जाजरकोट भूकम्पपीडितलाई दिइयो रे, जाजरकोटको भूकम्पीडितलाई त राष्ट्र कमजोर छ, तलब खाने पैसा छैन भने पनि ऋण लिएर भएपनि त्यो भूकम्पीडितलाई हेर्ने दायित्व त राज्यको हो नी, यही शिर्षकबाट लैजानपर्ने आवश्यकता थियो र ?’

सांसद पाण्डेले आगामी एक हप्ताभित्र सांसद विकास पूर्वाधार कार्यक्रम अगाडि नबढाइएमा संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

Share News