
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले राज्यले निजी क्षेत्रले अगाडि सारेका समस्यालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल उद्योग बाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै नेता खनालले निजी क्षेत्रले अगाडि सारेका सम्बोधन गर्नसके मात्रै देश विकासको दिशातर्फ अगाडि जाने बताए ।
‘निजी क्षेत्रले अहिले जे जस्ता समस्या अगाडि सारिरहेको छ, चुनौती अगाडि राखिरहेको छ, राज्यले अरु क्षेत्रका साथसाथै निजी क्षेत्रले अगाडि सारेका समस्यालाई सम्बोधन गर्नैपर्छ’, उनले भने, ‘तबमात्रै हाम्रो देशको राष्ट्रिय अर्थतन्त्रले गति लिन सक्छ ।’
पछिल्लो समयमा भ्रष्टाचार रोगको रुपमा देखिएको र सोही कारण अर्थतन्त्रलाई ठिक ढंगले अगाडि बढाउन नसकिएको समेत नेता खनालले बताएका छन् ।