
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्क्ष चन्द्रप्रसाद ढकालले युवाहरुको सपना खाडीमा खेर जान नदिएमा रित्तिएका पहाड र बस्तीको माटो हराभरा हुनसक्ने बताएका छन् । बुधबार महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले त्यसको लागि निजी क्षेत्रलाई हौसला दिनुपर्ने समेत बताए ।
‘हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैया बनाउने अवसर दियौँ, रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ, यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ’, उनले भने, ‘हामी भुकम्पपछि कसरी उठ्यौं ? अनि कोभिड पछि कसरी तंग्रियौं ? यी दुख बाट पनि हामीले प्रेरणा लिन सक्छौँ, मुलुकको निजी क्षेत्र बिकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।’