निजी क्षेत्रले पखेटा फिजाएर आर्जन गर्न खोजेको छ, सुरक्षा पाउन सकेन : अध्यक्ष ढकाल

<p>काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निज क्षेत्रले पखेटा फिजाएर आम्दानी गर्न खोजेको तर आवश्यक सेवा सुरक्षा पाउन नसकेको बताएका छन् । बुधबार उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा भनाइ राख्दै अध्यक्ष ढकालले सो बताएका हुन् । ‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा पिंmजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निज क्षेत्रले पखेटा फिजाएर आम्दानी गर्न खोजेको तर आवश्यक सेवा सुरक्षा पाउन नसकेको बताएका छन् । बुधबार उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा भनाइ राख्दै अध्यक्ष ढकालले सो बताएका हुन् ।

‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा पिंmजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ’, उनले भने ।

अध्यक्ष ढकालले उद्यमशीलताको लागि नवीन सोच चाहिने तर, त्यसको कार्यान्वयनका लागि घरवार नै धितो राख्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले शुरु गरेको व्यवसाय वा परियोजना सरकारी नीति तथा एउटा कर्मचारीको लहडले भताभुंग हुनसक्ने समेत बताए ।

‘उद्यमशीलता एउटा कठीन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ । यस्तो रकमको जोहो घरवार धितो राखेर नै गर्नुपर्छ’, उनले भने, ‘ अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरि तयार पार्नुपर्यो । राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्यो । कानुनी अडचन हुनु भएन र वातावरणीय रुपमा दिगो हुनुपर्यो, सबै आधारभूत बिषय पुरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।’

अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च भएको, बैंकहरुमा पनि तत्काल कर्जाका रुपमा दिन सकिने करिब ६ खर्ब रुपैयाँ भएको भन्दै अध्यक्ष ढकालले उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून गएको समेत बताए । साथै उनले अर्थतन्त्रको समस्या समाधानको लागि निजी क्षेत्रले रोग पहिचान गरेर बारम्बार औषधी सिफारिस गर्दा पनि राज्यको ध्यान नगएकाले जटिल परिस्थितिमा आएको बताए ।

‘करिब दुइ बर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ’, उनले भने, ‘यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् ।’

Share News