चार्जिङ स्टेसनमा दैनिक १ लाख युनिट विद्युत खपत भएको छ : निर्देशक घिसिङ

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपत भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपतबाट करिव दुई करोडको डिजेल र [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपत भइरहेको बताएका छन् ।

मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपतबाट करिव दुई करोडको डिजेल र पेट्रोल प्रतिष्थापन गर्ने गरेको बताए । यही ट्रेडमा विद्युत खपत हुँदा भविष्यमा ५ खर्बको आयातलाई प्रतिस्थापन गर्नसक्ने दाबी गरे । उनले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको जानकारी दिए ।

घिसिङले देशभरका नगरपालिका, स्थानीय निकाय, अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको बताए । काठमाडौं उपत्यकामा भन्दा पनि बाहिर रुटहरुमा विद्युतीय सवारी साधन धेरै गुड्ने गरेको बताए । नेपालको सार्वजनिक यातायातलाई विद्युतीय बनाउनको लागि चार्जिङ पूर्वाधारको जरुरी रहेको बताए । अहिले निजी क्षेत्रसहित ४ सय वटा चार्जिङ स्टेसन जडान भएको भएको भन्दै चार्जिङ स्टेसनमार्फत करिव हजार भन्दा बढी माइक्रोबसहरु देशभर चलिरहेका दाबी गरे ।

उनले करिब ७० प्रतिशत मात्रै रिप्लेसमेन्ट भयो भने नेपालको व्यापार घाटालाई ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । विद्युतीय बस सञ्चालन पछि साझा यातायात पनि फाइदामा आउँने दाबी गरे । विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो रहेको बताउनु भयो। उहाँले अप्रेशन कष्ट १० गुणा सस्तो हुँदा पनि फाइदामा नआउने भन्ने नहुने जानकारी दिए ।

‘काठमाडौंमा भन्दा पनि बाहिरी रुटहरुमा धेरै सार्वजनिक बसहरु विद्युतीय चलि रहेको छ । धुलिखेल बर्दिबास रुटमा प्राय सबै माइक्रोहरु चलेको अवस्था छ । चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट खपत हुँदो रहेछ । त्यसले दिनका करिब दुई करोडको डिजेल पेट्रोल रिप्लेस गर्छ । सरकारले पुराना बसहरु चलिरहेकाले रिप्लेसमेन्टको नीति ल्याउनुपर्छ । विद्युतीय बसमा प्रतिस्थापन गर्न केही सुविधा दिनुपर्छ । केही ट्याक्सीहरुलाई मात्रै मनोपोली हिसाबले सहमति दिएको भन्ने आएको छ । राम्रो ट्याक्सीको गुणस्तर तोकेर रिप्लेसमेन्ट दिनुपर्छ । विद्युतमा कुनै समस्या छैन’, उनले भने ।

उनले सरकारले विद्युत खपत बनाउन पुराना बसहरु चलिरहेकाले रिप्लेसमेन्टको नीति ल्याउन आवश्यक रहेको बताए । विद्युतीय बसमा प्रतिस्थापन गर्न केही सुविधा दिनुपर्नेमा जोड दिए । उनले केही ट्याक्सीहरुलाई मात्रै मनोपोली हिसाबले सहमति दिन नहुने जानकारी दिए ।

Share News