
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिइसकेपछि नयाँ गठबन्धनको तर्फबाट शुक्रबार नै महराले नयाँ सरकार गठनको लागि ४४ जना प्रदेश सभा सदस्य हस्ताक्षरसहित दाबी पेस गरेका थिए । उनलाई मुख्यमन्त्रीमा माओवादी सहित एमाले, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।