
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै पूर्वपर्यटन मन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बिहीबार बिमान खरिद प्रक्रियामा १ अर्ब ४७ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गर्दै पूर्वपर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारी, शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौली र अच्युतराज पहाडीलाई मुद्दामा प्रतिवादी बनाएको छ ।
मुद्दामा २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुईवटा आपूर्तिकर्ता कम्पनी प्रतिवादी रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताएका छन् ।
वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारद्वारा जारी प्रेस विज्ञप्ति
[pdf id=474382]