काठमाडौं । वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री शिशिर ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले ढुङ्गानासहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।
अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।