उपत्यकामा शुरु भयो स्वदेशी जुत्ता मेला महोत्सव, विभिन्न ब्राण्डका जुत्ता पाइने

<p>काठमाडौं । नेपाली जुत्ता घरले नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौं उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरेको छ । जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो । बुधबारदेखि काठमाडौंको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको [&hellip;]</p>

काठमाडौं । नेपाली जुत्ता घरले नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौं उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरेको छ । जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो ।

बुधबारदेखि काठमाडौंको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ । उक्त जुत्ता महोत्सवको उद्घाटन उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् ।

उद्घाटनको क्रममा बोल्दै उनले अहिलेको विषम परिस्थितिमा देशमा देखिएको आर्थिक मन्दीबाट माथि उठ्न आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सवले देशको आर्थिक अवस्थाको सुधार हुने बताए ।

महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीहरुको सहभागितामा स्थायी शोरूम नियमित रुपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताएका छन् ।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सु इन्डस्ट्रीको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बीएफडियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक सुज, डीजे सुज कम्पनीको डीजे सज, रन सुज इन्डष्ट्रिजको रन सुज, कोसेली छालाजुत्ता उद्योगका कोसेली, स्मार्ट सुजका स्मार्ट गरि ८ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ ।

Share News