बालेनले एक अर्ब खाएको आरोप लगाउने महानगरका कर्मचारीविरुद्ध मुद्दा दायर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका महानगरका एक कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । महानगरकै स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको हो । मेयर शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका कर्मचारी पौडेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा (साइबर) [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका महानगरका एक कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । महानगरकै स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको हो ।

मेयर शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका कर्मचारी पौडेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा (साइबर) अपराधमा मुद्धा चलाइएको छ ।

ताप्लेजुङको मौवाखोला गाउँपालिका-१ घर भएका पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले सयौं कर्मचारी करारमा नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए ।

‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए । मेयर शाहविरुद्ध लेखेपछि पौडेल गत पुस १६ गते निलम्बनमा परेका थिए ।

मेयर शाहमाथि झुटा आरोप लगाएर अपमान गरेको भन्दै सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

 

Share News