रवीले जाजरकोटका कर्मचारीलाई त्रिभुवन विमानस्थल र गृहका कर्मचारीलाई अछाम पठाए

<p>काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालय अन्तर्गत काम गरिरहेका ९ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको सूचना सार्वजनिक भएको हो । गहृमन्त्रालयमा रवी लामिछाने आएपछि कर्मचारीको सरुवा व्यापक रूपमा बढिरहेको छ । उनले अहिले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीलाई गृह मन्त्रालयमा ल्याएका छन् भने जाजरकोटमा काम गरिरहेका कर्मचारीलाई [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालय अन्तर्गत काम गरिरहेका ९ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको सूचना सार्वजनिक भएको हो ।

गहृमन्त्रालयमा रवी लामिछाने आएपछि कर्मचारीको सरुवा व्यापक रूपमा बढिरहेको छ । उनले अहिले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीलाई गृह मन्त्रालयमा ल्याएका छन् भने जाजरकोटमा काम गरिरहेका कर्मचारीलाई सो अध्यागमनमा पठाएका छन् ।

मन्त्रालयले उपसचिव विजया कुमारी प्रसाईंलाई गृह मन्त्रालयबाट इलाका प्रशासन कार्यालय शाँखु काठमाडौं। शिवराज सढाईंलाई गृहबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सिता परियारलाई ईलाका प्रशासन कार्यालय शाँखुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, मोहनप्रसाद न्यौपानेलाई गृहमन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय अछाम र पुस्कर रानालाई जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट त्रिभुवन अन्तर्राष्ट्रि विमान स्थल अध्यागमन कार्यालयमा सरुवा गरिएको छ ।

Share News