विश्वका अर्बपतिको सूचीमा ११७ स्थान तल झरे चौधरी, एक वर्षमा बढ्न सकेन सम्पत्ति

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी विश्वको १७६४ औं अर्बपतिको सूचीमा रहन सफल भएका छन् । फोब्र्सले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालका उद्योगी चौधरी विश्वका अर्बपतिहरुको सूचीमा सो स्थान हासिल गर्न सफल भएका हुन् । तर, चौधरी अघिल्लो वर्षको विश्वका अर्बपतिहरुको सूचीको तुलनामा भने ११७ स्थान तल झरेका छन् । सन् २०२३ [&hellip;]</p>

Bayan Pachi Binod Chaudhary

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी विश्वको १७६४ औं अर्बपतिको सूचीमा रहन सफल भएका छन् । फोब्र्सले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालका उद्योगी चौधरी विश्वका अर्बपतिहरुको सूचीमा सो स्थान हासिल गर्न सफल भएका हुन् । तर, चौधरी अघिल्लो वर्षको विश्वका अर्बपतिहरुको सूचीको तुलनामा भने ११७ स्थान तल झरेका छन् । सन् २०२३ मा चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १६४७ औं स्थानमा रहेका थिए ।

फोब्र्स पत्रिकाकाअनुसार चौधरीको सम्पत्ति सन् २०२३ को तुलनामा वृद्धि भने भएको छैन । सन् २०२३ मा चौधरीको कुल सम्पत्ति १.८ बिलियन अमेरिकी डलर बराबर रहेको थियो भने सन् २०२४ मा आइपुग्दा पनि उनको सम्पत्ति सोही अवस्थामा रहेको छ ।

सन् २०१९ मा चौधरीको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर रहेकोमा २०२० र २०२१ मा घटेर १.४ बिलियन पुगेको थियो । फेरि पछि सन् २०२२ बाट चौधरीको सम्पत्तिमा वृद्धि हुँदै गएको फोब्र्स पत्रिकाको तथ्यांकले देखाएको छ । पत्रिकाकाकाअनुसार सन् २०२२ मा उनको सम्पत्तिमा केही वृद्धि भएर १.५ बिलियन अमेरिकी डलर पुगेको थियो । त्यसपछि भने चौधरीको सम्पत्ति स्थिर अवस्थामा रहेको छ ।

फोब्र्स पत्रिकाकाअनुसार पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा अर्बपतिको पहिलो नम्बरमा फ्रान्सका एलभीएमएच मोइस हेनेसी लुईस भुइटनका सिइओ बर्नार्ड अर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २३३ बिलियन अमेरिकी डलर रहेको छ । उनको सम्पत्ति सन् २०२३ सम्म २११ बिलियन अमेरिकी डलर रहेको थियो । त्यसैगरी विश्वको दोस्रो ठूलो अर्बपतिमा टेस्लाका सिइओ एलन मस्कको रहेको छ । मस्कको सम्पत्ति सन् २०२४ मा १९५ बिलियन अमेरिकी डलर पुगेको छ ।

Share News