कालोसूचीका २६ कम्पनीले सात दिनभित्र लिखित स्पष्टीकरण दिनुपर्ने

<p>काठमाडौं । कालोसूचीका लागि सिफारिसमा परेका २६ ठेकेदार कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अटेरी गरेका छन् । कार्यालयले २६ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । तर, उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले अर्को सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण [&hellip;]</p>

काठमाडौं । कालोसूचीका लागि सिफारिसमा परेका २६ ठेकेदार कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अटेरी गरेका छन् ।

कार्यालयले २६ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।

तर, उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले अर्को सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

Share News