पेट्रोलको मूल्य ४ रुपैयाँ बढ्यो

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट ४.७६ रुपैयाँ बढेर आएपछि आयल निगमले पनि बढाउने निर्णय गरेको हो । निगमकाअनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल तथा मट्टितेल प्रतिलिटर ०.३९, हवाई इन्धनमा ०.३८ र एलपी [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट ४.७६ रुपैयाँ बढेर आएपछि आयल निगमले पनि बढाउने निर्णय गरेको हो ।

निगमकाअनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल तथा मट्टितेल प्रतिलिटर ०.३९, हवाई इन्धनमा ०.३८ र एलपी ग्यास प्रतिसिलिण्डर २७.४४ रुपैयाँ घटेर मूल्य सूची पठाएको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

Share News