फेरि वामपन्थी एकतातर्फ फर्किएका छौं : प्रचण्ड

<p>काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी शक्ति एकताबद्ध हुने बाटोमा फर्किएको बताएका छन् । २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको सत्ता समीकरण निर्माणलाई वामपन्थी एकताको बाटोतिर फर्किएको रुपमा ब्याख्या गरेका हुन् । &#8216;अस्ति २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरू एक [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी शक्ति एकताबद्ध हुने बाटोमा फर्किएको बताएका छन् ।

२४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको सत्ता समीकरण निर्माणलाई वामपन्थी एकताको बाटोतिर फर्किएको रुपमा ब्याख्या गरेका हुन् ।

‘अस्ति २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरू एक भएर चुनाव लडौं भनेर प्रस्ताव मैले नै गरेको हो । त्यो कुरा तपाईंहरू सबैलाई थाहा छ । त्यसले झण्डै दुई तिहाईमा वामपन्थीलाई पुर्‍याइ पनि दियो । तर, दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं । तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं र मैले भन्ने गरेको छु–देशलाई समाजवादको बाटोमा लैजान सकिन्छ,’ उनले भने ।

वामपन्थी एकताका लागि सबैले पहल गर्नुपर्ने प्रचण्डले बताए । ‘यो कुराको गहिराइलाई आत्मसात गरौं । एकताको निम्ति सबैले आ–आफ्नो ठाउँबाट वातावरण बनाऔं । हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्नसक्छौं,’ उनले भने ।

Share News