
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरूलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
केसीले अहिले देशव्यापी रूपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए । उनले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतीतर्फ अघि बढिरहेको जिकिर गरे । केसीले नागरिकहरूमा निराशा छाएको बताए । उनले जनतामा निराशा र असन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए ।
केसीले भने, ‘अहिले देशव्यापी रूपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ । यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आबद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ ।’
उनले अहिले सरकार सरकार जसरी र संसद् संसद् जसरी सञ्चालन हुन नसकेको बताए ।