सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहको लाइन काटिने

<p>काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेबापत उठेको बिजुलीको महशुल नबुझाएको भन्दै यथाशिघ्र महशुल नबुझाए लाइन काट्ने चेतावनी दिएको हो । सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको [&hellip;]</p>

काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काट्ने चेतावनी दिएको छ ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेबापत उठेको बिजुलीको महशुल नबुझाएको भन्दै यथाशिघ्र महशुल नबुझाए लाइन काट्ने चेतावनी दिएको हो ।

सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

बत्तीको महशुल तिर्नका लागि आवश्यक भए किस्ताबन्दीको सुविधासमेत दिन तयार रहेको प्राधिकरणले जारी गरेको सूचनामा उल्ललेख छ ।

प्राधिकरणको सूचनामा छ, ‘रीतपूर्वक सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महशुल समर्थन नगर्ने, महशुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विद्युत् लाइन जुनसुकै बेला काटिन सक्ने ब्यहोर यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

Share News