काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो नाम जोडिएको सहकारीमा आफ्नो नाम बाहेक अरु केहि नभएको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै लामिछानेले सो बताएका हुन् ।
‘जहाँ मेरो नाम जोडिएको छ, त्यहाँ मेरो नाम बाहेक अरु केही पनि छैन, सामान्य केवाईसी भरिएको छु,’ उनले भने- ‘अदालतमा दायर गरिएको मुद्दामा पनि मेरो नाम छैन ।’
मन्त्री लामिछानेले आफुले प्रश्न उठेको ठाउँमा जवाफ दिन तयार रहेको समेत बताए । ‘मलाई भोट हालेको जनताले यो त ठगै हो कि भन्लान् त्यसैले मैले जहाँ प्रश्न त्यसको जवाफ मैले दिन्छु ।’