जसपाका सांसद दीपक कार्की राज्यमन्त्रीमा नियुक्त, आजै शपथ

<p>काठमाडौं । जसपाका सांसद दीपक कार्की राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्रीको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । यससँगै नवनियुक्त राज्यमन्त्रीले आजै शपथ लिने योजना छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा [&hellip;]</p>

काठमाडौं । जसपाका सांसद दीपक कार्की राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्रीको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

यससँगै नवनियुक्त राज्यमन्त्रीले आजै शपथ लिने योजना छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा हुँदैछ ।

जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

Share News