काँग्रेसले भन्यो : गृहमन्त्री लामिछानेको राजीनामाको विकल्प छैन

<p>काठमाडौं । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् ।

उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताए । उनले आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने जानकारी दिए ।

‘पीडितहरुले सप्रमाण लिखित उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।  जसरी पनि गृहमन्त्री नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानविन प्रक्रियामा बाधा हुने देखिन्छ । कुनैपनि न्यायको सिद्धान्तको आधारमा आफैँले आफैँलाई कारबाही गरेको नजिर हामिसित छैन । राजीनामा भन्दा अर्को विकल्प छैन । अरु कुनै टालटुलले हुनेवाला पनि छैन’, उनले भने ।

उनले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताए । स्वार्थको द्वन्द्ध हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न गरे ।

Share News