अनुसन्धानबाट रवि लामिछानेको कैफियत देखिएमा कसैले कारबाही रोक्न सक्दैन : प्रचण्ड

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको कैफियत देखिएमा कसैले कारबाहीलाई रोक्न नसक्ने बताएका छन् । मंगलबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो बताएका हुन् । शुसासन कायम गर्ने सन्दर्भमा म कुनैपनि सम्झौता गर्दिन, यसमा म आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह पनि मैले राखेको छैन र आउने दिनमा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको कैफियत देखिएमा कसैले कारबाहीलाई रोक्न नसक्ने बताएका छन् । मंगलबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो बताएका हुन् ।

शुसासन कायम गर्ने सन्दर्भमा म कुनैपनि सम्झौता गर्दिन, यसमा म आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह पनि मैले राखेको छैन र आउने दिनमा पनि कुनै हालतमा राख्ने छैन’, उनले भने, ‘यदि अनुसन्धानबाट केही कैफियत देखिएमा उहाँलाई कारबाही गर्ने कुरामा पनि कसैले रोक्न सक्नेछैन यो कुरापनि म प्रस्टसँग राख्न चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको प्रतिपक्षलाई सम्बोधन गर्दै लामिछानेले उजुरीकै आधारमा राजीनामा दिनुपर्ने अवस्था नभएको समेत बताए । सुर्यदर्शन बचत ऋण सहकारीमा रवि लामिछानेले हिनामिना गरेकोे प्रमाण नै नभएको उजुरी पुरक निवेदनमा परेको समेत प्रधानमन्त्रीले सांसदहरुलाई जवाफ दिएका छन् ।

‘जहाँसम्म गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेको विषयमा प्रतिपक्षीले उठाएको कुरा छ, हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनैपनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहिँ कतै जोडिएको देखिएन’, प्रधानमन्त्री प्रचण्डले सदनमा भने ।

लामिछानेको विषयलाई लिएर सदन नै अवरोध गर्नेगरी कांग्रेसले देखाएको क्रियाकलापलाई उनले जायज नभएको बताए ।

Share News