नेपाल प्रहरीले दुई जना भारतीयलाई हान्यो गोली

<p>काठमाडौं । नेपाल प्रहरीले दुई भारतीय नागरीक .माथि गोली प्रहार गरेको छ । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको हो । बरहथवा नगरपालिका- ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीले दुई भारतीय नागरीक .माथि गोली प्रहार गरेको छ । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

बरहथवा नगरपालिका- ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ ।

प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या र चोरी लगायत अपराधमा संलग्न रहेको बुझिएको छ ।

Share News