काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटना बिषयमा जानकारी लिएका छन् ।
कुवेत स्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको बिषयमा जानकारी लिएका हुन् ।
दूुतावासका अनुसार दुर्घटनामा परी काठमाडौ सानो भरर्यागका सुजन कार्की, अछामका सुरत बहादुर कडायत, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो । मन्त्री अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेत स्थित नेपाली दूुतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन् ।
साथै दुर्घटना प्रति गहिरो दुख प्रकट गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएका छन् ।
कुवेत स्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझन स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताएको छ ।
मंगलबार विहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जनाको नेपाली श्रमिकको दुर्घटना स्थलमै ज्यान गएको हो ।