५८ लाख बढीको औषधीसहित ट्रक नियन्त्रणमा

<p>काठमाडौं । सशस्त्र प्रहरीले वीरगञ्जबाट औषधीसहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगर –१७ स्थित आईसिपीको चेकप्वाईन्टबाट बुधबार साँझ सशस्त्र प्रहरीले करिब ५८ लाख ५७ हजार रुपैयाँबराबरको औषधीसहितको एउटा ट्रक नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको औषधीको बिलमा उल्लेख भएभन्दा फरक अन्य सामान समेत [&hellip;]</p>

काठमाडौं । सशस्त्र प्रहरीले वीरगञ्जबाट औषधीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगर –१७ स्थित आईसिपीको चेकप्वाईन्टबाट बुधबार साँझ सशस्त्र प्रहरीले करिब ५८ लाख ५७ हजार रुपैयाँबराबरको औषधीसहितको एउटा ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको औषधीको बिलमा उल्लेख भएभन्दा फरक अन्य सामान समेत रहेको भन्ने विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो । औषधी र सामान कहाँका लागि लगिएको भन्ने खुलेको छैन ।

नियन्त्रणमा लिइएको औषधी तथा ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइए प्रहरीले जनाएको छ ।

Share News