प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ मत खस्दा विपक्षमा ११०

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका कूल एक सय ५७ सांसदको मतसहित प्रचण्डले प्रधानमन्त्रीमा तेस्रो पटक विश्वासको मत पाएका हुन्  ।प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रस्तावको पक्षमा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका कूल एक सय ५७ सांसदको मतसहित प्रचण्डले प्रधानमन्त्रीमा तेस्रो पटक विश्वासको मत पाएका हुन्  ।प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।

बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।

प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएकाो भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे ।

उनलाई विश्वासको मत दिन नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले ह्वीप जारी गरेको थियो । केही स्वतन्त्र सांसदले पनि प्रचण्डलाइ मत दिएका छन् ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभाबाट संविधानको धारा १०० को उपधारा २ बमोजिम संसदबाद विश्वासको मत प्राप्त गरेका हुन् ।

२०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात झण्डै सम्पूर्ण दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डले सरकारको राजनीतिक गठबन्धनमा फेरबदल गरेर तेस्रोपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

२०६९ साल पुस १० गते २ सय ६८ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा निर्वाचित भएका उनले पछि नेपाली कांग्रेससहितको गठबन्धनमा मात्रै सरकारको पुर्नगठन गर्दा भने १७२ मत प्राप्त गरेका थिए । सरकार निर्माणको क्रममा निरन्तर गठबन्धन परिवर्तन गर्दै आएका प्रचण्डले प्रतिनिधिसभामा विगतमा प्राप्त गरेको विश्वासको मतको अवस्था पछिल्लो समयमा कायम राख्न सकेका छैनन् ।

विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । उनी विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका उनी २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहेका थिए ।

Share News