चित्रबहादुर केसीले सांसदहरूलाई सुनाए माछाको कथा

<p>काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रातिनिधिसभाका सांसदहरूलाई माछाको कथा सुनाएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदको लागि मागेको विश्वासको प्रस्तावमाथि बोल्दै अध्यक्ष केसीले माछाको कथा सुनाएका हुन् । यस्तो सुनाए अध्यक्ष केसीले सांसदहरुलाई माछाको कथा : ‘एक जना अलिक गरिब मान्छे एकजना घरमा खानपुग्ने दुई जना भएर माछा मार्न गएछन् [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रातिनिधिसभाका सांसदहरूलाई माछाको कथा सुनाएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदको लागि मागेको विश्वासको प्रस्तावमाथि बोल्दै अध्यक्ष केसीले माछाको कथा सुनाएका हुन् ।

यस्तो सुनाए अध्यक्ष केसीले सांसदहरुलाई माछाको कथा : ‘एक जना अलिक गरिब मान्छे एकजना घरमा खानपुग्ने दुई जना भएर माछा मार्न गएछन् । दुवालो दुवैजनाले थुने र माछा मारे, माछा एकै ठाउँ राखे । माछा खासमा धेरै मरेन । माछा धेरै नमरेपछि कमजोर मान्छेले के भन्यो भने तपाईंलाई पनि छाक नपुग्ने मलाई पनि छाक नपुग्ने यो माछा मलाई बेच्नुस ।

त्यसो भनेपछि अलि हुनेखानेले एक मोहोरमा त्यो माछा अर्को गरिवलाई उधारोमा बेचेछ । माछा त बेच्यो तर, त्यो गरिवले कहिल्यैपनि पैसा दिँदै दिँदैन । माछा बेचेकोले भन्दोरहेछ तिमी कति बेइमान हौ ? मैले त्यत्रो दुःख गरेर माछा मारेको उधारो लगेउ, पैसा त दिँदै दिन्नौ ।

त्यसपछि माछा लगेर खानेले के भन्दोरहेछ भने म जस्तो गरिवलाई माछा बेचेर मलाई ऋणमा पारेर जहाँपनि तिमीले पैसा माग्ने मेरो कति बेइज्जत भएको छ भनेर भन्दोरहेछ ।’

Share News