
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई बगरमा छाडेर गएको बताएका छन् । उनले बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा बोल्दै उनले सो बताएका हुन् ।
‘पार्टी भित्र विकास भएको व्यक्तिवादको विरुद्धमा उभिएर आफैँले बनाएको पार्टी तोडेर विष पिएर हामी तपाईँको पासमा उभिएका थियौं, हामीलाई बाटामा छाडेर, खोलाले ठुटोलाई घिसारेर लिएर गएर छोड्याझैंगरी छोडेर हिँड्नुभो’, पाण्डेले भने, ‘यो भन्दा अनैतिकता के हुन्छ ?