
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सरकारमा भत्काउन र बिगार्न नआएको बताएका छन् । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मत प्रस्तावको पक्षमा बोल्दै उपसभापति वाग्लेले सो बताएका हुन् ।
काम गरेर नै आफ्नो लिगेसी बलियो बनाउने प्रधानमन्त्रीको चाहनामा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ’, उनले फेरि भने, ‘राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ, चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, उँट, घोडा, हात्ती, रानी, प्युसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पनि हामी पुग्न चाहन्छौं ।’
उपसभापति वाग्लेले आफूहरुले रोजेर नै मन्त्रालय लिएको र काम गर्न नसकेमा बाहिरिने समेत बताए ।