
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा क्यामेरा बन्द गर्ने हो भने प्रचण्डको विरुद्धमा दुई तिहाई विपक्षमा हुने बताएका छन् । संसदमा सम्बोधन गर्दै महामन्त्री शर्माले सो बताएका हुन् ।
‘राजनीतिक रुपमा अविश्वास छ, गणीतिय रुपमा विश्वासको जोहो हुँदैछ’, महामन्त्री शर्माले भने, ‘यहाँ आँखा चिम्लिन लगाउने हो भने, टेलिभिजनका क्यामेराहरु बन्द गर्ने हो भने सम्माननीय प्रधानमन्त्री ज्यू अघिल्लो पटक झण्डै दुई तिहाईको विश्वास तपाईंसँग थियो, आज क्यामेराहरु बन्द गर्ने हो भने सत्तापक्षमा छौं त्यसैले टेबुल ठोक्नुहुँदैन भन्ने कुराबाट माथि उठ्ने हो भने आज झण्डै दुई तिहाईको विश्वास तपाईंबाट फिर्ता भएको छ भन्ने कुरा म यहाँ सत्ता पक्षमा बसेका साथीहरुको अनुहार पढेर भन्न सक्छु ।’
साथै उनले नेपाली कांग्रेस र एमाले मिलेमा प्रचण्डको के हालत होला भनेर पनि प्रश्न गरेका छन् । ‘पालैपालो विपक्षमा उभिएकाहरु एउटै पक्षमा उभिए भने नी, धोका खाएकाहरु एक हौं भनेर नारा लाग्यो भने नी तब राजनेताको गद्दीको हालत के होला नी सम्माननीय प्रधानमन्त्री ज्यू’, उनले भने ।