यो सरकार मैले र प्रचण्ड मिलेर बनाएको हो : अध्यक्ष ओली

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनमा आफ्नो र प्रचण्डको मुख्य भूमिका रहेको बताएका छन् । आज संसदमा बोल्दै अध्यक्ष ओलीले सरकार परिवर्तनमा विदेशीको भूमिका भएको विषयतर्फ ईंगित गर्दै सो बताएका हुन् । ‘प्रचण्ड जी मुख्य हो साथ दिने मैले हो यो सरकार परिवर्तन गर्ने यति कामको जस त हामीलाई दिनुस न’, [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनमा आफ्नो र प्रचण्डको मुख्य भूमिका रहेको बताएका छन् । आज संसदमा बोल्दै अध्यक्ष ओलीले सरकार परिवर्तनमा विदेशीको भूमिका भएको विषयतर्फ ईंगित गर्दै सो बताएका हुन् ।

‘प्रचण्ड जी मुख्य हो साथ दिने मैले हो यो सरकार परिवर्तन गर्ने यति कामको जस त हामीलाई दिनुस न’, अध्यक्ष ओलीले भने । साथै उनले प्रधानमन्त्रीको विश्वासको मत प्रस्तावमा सबैले मत हाल्न आवश्यक भएको पनि बताए ।

उनले नेपाली कांग्रेसले अघिल्लो वर्ष प्रचण्डलाई समर्थन गर्ने अहिले किन गर्न नहुने भन्दै प्रश्न समेत गरेका छन् । ‘नेपाली कांग्रेसले पोहोरसाल भोटै नमागीकन हौसिएर नयाँ ब्याट्री हालेजस्तोगरी समर्थन गरेको थियो, यसपाली किन नहाल्ने ?’, अध्यक्ष ओलीले भने ।

Share News