कर्णाली पुल बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह

<p>काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गरेका छन् । उक्त पुलमा सोमबार साँझ भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उहाँले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन् । उनले टीकापुर भएर हुलाकी राजमार्ग [&hellip;]</p>

तस्वीर : निखिल श्रेष्ठ

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गरेका छन् ।

उक्त पुलमा सोमबार साँझ भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उहाँले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन् । उनले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गरेका छन् ।

पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौं र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताएका छन् । पुलको मर्मतसम्भारपछि त्यहाँबाट सवारी साधन सञ्चालन गर्नेनगर्नेबारेमा बताउन सकिने मुख्यमन्त्री शाहीले राससलाई बताए ।

पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन् ।

Share News