प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्वीप जारी

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । मंगलबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदहरुलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई मत दिन ह्वीप जारी गरिएको बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । मंगलबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदहरुलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई मत दिन ह्वीप जारी गरिएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको लागि तेस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । पुरानो गठबन्धन भत्किएर पुर्नगठन भएको सरकारमा रास्वपा ४ मन्त्रालयसहित सहभागी भएको छ ।

Share News