एनसीएचएल र वानपोइन्टबीच सम्झौता, बैंकिङ क्षेत्रलाई सक्षम बनाइने

<p>काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र वानपोइन्ट डिजिटल सर्भिसेसबीच नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल सेवामा सक्षम बनाउने विषयमा समझदारी भएको छ । उक्त समझदारी पत्रमा वानपोइन्टका सीईओ तथा संस्थापक प्रताप श्रेष्ठ र एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएल र वानपोइन्टले अब बीएफआईलाई संयुक्त रूपमा सहयोग गर्न सहकार्य गरेका हुन् [&hellip;]</p>

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र वानपोइन्ट डिजिटल सर्भिसेसबीच नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल सेवामा सक्षम बनाउने विषयमा समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा वानपोइन्टका सीईओ तथा संस्थापक प्रताप श्रेष्ठ र एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

एनसीएचएल र वानपोइन्टले अब बीएफआईलाई संयुक्त रूपमा सहयोग गर्न सहकार्य गरेका हुन् जसले एनसीएचएलका उत्पादन/सेवाहरूको एकीकरणलाई गति दिने अपेक्षा गरिएको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भुक्तानी प्रणाली र च्यानलहरु उपलब्ध गराउँदै आएको छ । र, वान पोइन्टले एपीआई म्यानेजमन्ट सोलुसनको विकास गरेको छ र यसको ग्राहक बीएफआईलाई संचार च्यानल सक्षम गर्न बाह्य सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News