यी चार प्रदेशमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

<p>काठमाडौं । मंगलबार चारवटा प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पश्&#x200d;चिमी वायुको प्रभावले सुदूरपश्&#x200d;चिम, कर्णाली, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको हो । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्&#x200d;चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा [&hellip;]</p>

काठमाडौं । मंगलबार चारवटा प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पश्‍चिमी वायुको प्रभावले सुदूरपश्‍चिम, कर्णाली, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको हो ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

यस्तै, सुदूरपश्‍चिम, कर्णाली, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी पहाडी इलाकाका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्‍चिम र कर्णालीका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातका साथै बाँकी उच्च पहाडी र हिमाली इलाकाका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।

Share News