
काठमाडौं । मंगलबार बिहान दोलखा जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएकाे थियो ।
बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।