
काठमाडौं । रोयल्टी बाँडफाँडको लागि विद्युत आयोजना सञ्चालकहरुसँग विद्युत विकास विभागले आयोजनाको विवरण माग गरेको छ । विभागले आइतबार एक सूचना जारी गर्दै १ मेगावाट भन्दा बढी क्षमता भएका आयोजनाहरुको खण्डीकृत विवरण माग गरेको हो ।
‘रोयल्टी बाँडफाँटकको हिस्सा निर्धारण गर्न १ मेगावाट भन्दा माथिका जलविद्युतसँग सम्बन्धित खण्डीकृत तथ्यांक आवश्यक परेको हुँदा आयोजनाको नाम, क्षमता र आयोजनाका संरचनाहरु रहेको स्थानीय तहको वडा समेत खुल्नेगरी ७ दिनभित्र तपशिल बमोजिमको ढाँचामा विवरणहरु विभागमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ’, विभागको सूचनामा उल्लेख छ ।
विभागले तथ्यांक उपलब्ध गराउँदा अहिले भौतिक संरचनाको जीआईएस सेप फाइल र गुगल म्यापमा खुल्नेगरी र वडा समेत देखिने गरी तथ्यांक बुझाउन भनेको छ ।