काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले फागुन ७ गते सोमबार बिदा दिने निर्णय गरेको हो ।
यससँगै सो दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार लगायत सम्पूर्ण सरकारी कार्यालयहरूबन्द हुनेछन् ।
नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट वि.सं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए ।