भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो, नेपालमा मूल्य सस्तिदै

<p>काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातलाई स्वीकृति दिएको हो । देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएर ३१ मार्च २०२४ सम्मको समयसीमा तोकेको थियो तर म्याद सकिनुअघि नै यो प्रतिबन्ध हटाइएको छ । गृहमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को [&hellip;]</p>

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातलाई स्वीकृति दिएको हो ।

देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएर ३१ मार्च २०२४ सम्मको समयसीमा तोकेको थियो तर म्याद सकिनुअघि नै यो प्रतिबन्ध हटाइएको छ ।

गृहमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को समितिको बैठकले यो निर्णयलाई अनुमोदन गरेको हो । प्याज निर्यातमा रोक लगाइएपछि भारतमा प्याजको मूल्य निकै घटेको थियो । गुजरात र महाराष्ट्रमा प्याजको भण्डारलाई ध्यानमा राखेर सरकारले निर्यात फुकुवा गर्न स्वीकृति दिएको हो ।

अब भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको छ। साथै, बंगलादेशबाट पनि ५० हजार टन प्याज आयातका लागि पनि अनुमति दिइएको छ ।

भारत सरकारले प्याज निर्यातलाई स्वीकृति दिएसँगै अब नेपालमा पनि प्याज आयात हुनेछ ।

Share News