आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस

<p>काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै तीन जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको हो । रिक्त रहेको उक्त पदका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट उद्योग मन्त्रालयले चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै तीन जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको हो ।

रिक्त रहेको उक्त पदका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट उद्योग मन्त्रालयले चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी गरी तीन जनालाई छनोट गरेको हो ।

निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि उक्त पद खाली रहेको छ ।

Share News