भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष जेल, ८० लाख रुपैयाँ जरिवाना

<p>काठमाडौं। ललितानिवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद सुनाइएको छ । न्यायाधीश खुसीप्रसाद थारूसहितको इजलासले बिहीवार गुरुङलाई २ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना सुनाएको हो । बालुवाटार जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका क्रममा गुरुङ लामो समय हिरासतमा बसेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ [&hellip;]</p>

काठमाडौं। ललितानिवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद सुनाइएको छ । न्यायाधीश खुसीप्रसाद थारूसहितको इजलासले बिहीवार गुरुङलाई २ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना सुनाएको हो ।

बालुवाटार जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका क्रममा गुरुङ लामो समय हिरासतमा बसेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते तत्कालीन भौतिक योजनामन्त्री गच्छदार, तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Share News