ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर, ७५ लाख जरिवानासहित २ वर्ष कैद

<p>काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा अदालतले १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो । दोषी ठहर हुनेमा जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने तत्कालीन सचिव दीप बस्न्यात र छविराज पन्तसँगै रामकुमार सुवेदी, शोभाकान्त ढकाल, तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा [&hellip;]</p>

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा अदालतले १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो ।

दोषी ठहर हुनेमा जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने तत्कालीन सचिव दीप बस्न्यात र छविराज पन्तसँगै रामकुमार सुवेदी, शोभाकान्त ढकाल, तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा र सुरेन्द्रमान कपालीसहित १२ जनालाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएकाहरूलाई जनही ७५ लाख जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । सो जग्गा अब जफत हुने फैसला पनि अदालतले सुनाएको छ ।

ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतले ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । उनका अनुसार, जग्गा जफत भए पनि उनीहरूमाथि अन्य कुनै सजाय र जरिवाना हुने छैन ।

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरुलाई भने सफाइ दिइएको छ । तत्कालीन उपउप्रधान तथगा गृहान्त्री विजयकुमार गच्छदार र डम्बरकुमार श्रेष्ठलाई हदालतले सफाइ दिएको हो ।

अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको विषयमा २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। अख्तियारले नेपाली कांग्रेसका उपसभापति समेत रहेका विजय गच्छदारसहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनि मुख्य प्रतिवादी बनाएको थियो।

 

Share News