
काठमाडौं । काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन माग मागेको छ ।
महानगरले मंगलबार सूचना जारी गर्दै सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने र मूल्यांकन परीक्षा फागुन १२ तथा अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।
