
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी पहाडी भू–भागमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना छ । मंगलबार बिहानसम्म देशभरि आंशिकदेखि साधारणतया बदली रहको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार राति देशभरि आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।