ग्लोबल आइएमई क्यापिटलले सञ्चालनमा ल्यायो प्रभातकालिन काउन्टर

<p>काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रभातकालिन काउन्टर फागुन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । क्यापिटलले भोलि अर्थात फागुन १ गतेदेखि प्रत्यक दिन बिहान ८ बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गर्न लागेको हो । उक्त समयमा हितग्राही खाता र मेरो सेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो सेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रभातकालिन काउन्टर फागुन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । क्यापिटलले भोलि अर्थात फागुन १ गतेदेखि प्रत्यक दिन बिहान ८ बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गर्न लागेको हो ।

उक्त समयमा हितग्राही खाता र मेरो सेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो सेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो नाउँमा रहेको विभिन्न सूचीकृत कम्पनीहरुको भौतिक सेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने, सेयर धितो रोक्का/फुकुवा गर्ने लगायतका सम्पूर्ण काम हुने छ ।

साथै, यस कम्पनीले प्रदान गर्ने अन्य सेवा सुविधा सम्बन्धी आवश्यक जानकारी समेत प्राप्त गर्न सकिने क्यापिटलले जानकारी गराएको छ ।

उक्त काउन्टर सार्वजनिक बिदा र शनिबार भने बन्द हुने छ ।

Share News