लक्ष्यअनुसार खर्च र आम्दानी नहुने देखियो : अर्थमन्त्री महत

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको लक्ष्यअनुसार आम्दानी र खर्च नहुने बताएका छन् । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको मध्यावधि समीक्षा गर्दै उनले सरकारले बजेटमार्फत् लिएको लक्ष्य र खर्च हुने नदेखिएको बताएका हुन् । उनले आर्थिक वर्ष सकिन ६ महिना मात्रै बाँकी रहेकोले सरकारको लक्ष्य अनुसारको आम्दानी नहुने र खर्च पनि कठिन [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको लक्ष्यअनुसार आम्दानी र खर्च नहुने बताएका छन् । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको मध्यावधि समीक्षा गर्दै उनले सरकारले बजेटमार्फत् लिएको लक्ष्य र खर्च हुने नदेखिएको बताएका हुन् ।

उनले आर्थिक वर्ष सकिन ६ महिना मात्रै बाँकी रहेकोले सरकारको लक्ष्य अनुसारको आम्दानी नहुने र खर्च पनि कठिन हुने देखिएको बताएका हुन् । उनले १५ खर्ब २० अर्ब मात्रै खर्च हुने अनुमान गरेको बताएका छन् ।

अर्थमन्त्री  महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए । चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब ६२ करोड मात्रै खर्च हुने बताए ।

जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ । सरकारले लक्ष्यअनुसार नै आन्तरिक अण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान रहेकाे बताए ।

यस्तै, उनले अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताएका छन् । ‘बैंकिङ क्षेत्रमा सुधार आएको छ, ब्याजदर घटिरहेको छ, बिप्रेषण मुद्रा बढेको छ, सोधानान्तरमा सुधार भइरहेको छ, पर्यटन क्षेत्रमा सुधार आएको छ,’ उनले भने ।

उनले खर्च कम भएकोमा चिन्ता पनि व्यक्त गरेका छन् । ‘खर्च कम भयो भन्नेमा चिन्ता छm बहुवर्षीय ठेक्का दिँदा दायित्व भुक्तानी गर्न गा¥हो भयो भनेर मापदण्ड बनाएका छौं, इन्धनलाई पनि सीमित गरेका छौं, अब अब पुँजीगत खर्चको रफ्तार बढ्छ,’ उनले भने ।

 

Share News