काठमाडौं । काठमाडौंको बबरमहलस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार हाल हाल भने आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । केही सामानहरूमा क्षति पुगेको छ भने पूर्ण क्षतिको विवरण भने आउन बाँकी रहेको उक्त स्रोतले जनायो ।